कामको विस्तृत विवरण

- 01
गुडविभको प्रवर्द्धन र इजाजत।
- 02
गलैँचा कारखानाको निरीक्षण र अनुगमन तथा बालश्रममुक्त गलैँचाको प्रमाणीकरण।
- 03
उपयुक्त शिक्षा र व्यावसायिक तालिमसहित बालश्रमिकको उद्धार र पुनर्स्थापना।
- 04
गलैँचा श्रमिकका बालबालिकाका लागि विद्यालय छात्रवृत्ति, गलैँचा कारखानामा प्रारम्भिक बाल हेरचाह तथा शिक्षा कार्यक्रम र श्रमिक तथा तिनका परिवारका लागि सचेतना कार्यक्रम सञ्चालन।
- 05
घुम्ती स्वास्थ्य शिविरमार्फत गलैँचा श्रमिक र तिनका परिवारका सदस्यलाई स्वास्थ्य सेवा।
- 06
श्रमिकका बालबालिकाका लागि प्रारम्भिक बाल हेरचाह तथा शिक्षा केन्द्र स्थापना र सञ्चालन गर्न गलैँचा कारखानाहरूलाई उत्प्रेरणा र सहयोग।
- 07
गलैँचा कारखानामा काम गरिरहेका अवस्थामा उद्धार गरिएका बालबालिकाको पारिवारिक पुनःएकीकरण र समुदायमा आधारित पुनर्स्थापना।
- 08
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बालश्रममुक्त नेपाली गलैँचाको प्रवर्द्धन।
- 09
सामाजिक र वातावरणीय रूपमा जिम्मेवार व्यावसायिक अभ्यास तथा कानुनी प्रावधानको कार्यान्वयनका लागि लबिङ र पैरवी।
- 10
महिला र युवाका लागि बुनाइ, रङ्गाइ, गलैँचा डिजाइन, फिनिसिङ जस्ता बजारयोग्य सीपसहितका व्यावसायिक तालिम सञ्चालन र दक्ष वयस्क बुनकरद्वारा जनशक्ति पूर्ति।
- 11
नेपालको इँटा उद्योगमा बालश्रम, जबर्जस्ती तथा बाँधा श्रम र कार्य अवस्था (ज्याला, कार्य घण्टा, स्वास्थ्य र सुरक्षा तथा अनुशासनसम्बन्धी अभ्याससहित) सम्बोधन गर्ने आकस्मिक निरीक्षण र सामाजिक लेखापरीक्षण सञ्चालन।
- 12
गलैँचा श्रमिक र तिनका परिवारका लागि सचेतना कार्यक्रम।
कामसँग जोडिनुहोस्
