पुरानो परियोजना · ऐतिहासिक विवरण। सञ्चालन विवरण र तथ्याङ्क हालको पुष्टिको प्रतीक्षामा छन्।
कामको विस्तृत विवरण

‘नेपालको बुनकर समुदायमा पारिवारिक पुनर्स्थापना’ सन् २०१५ मा नेपाल गुडविभ फाउण्डेशन (एनजीएफ) ले कार्यान्वयन गरेको विपद्पछिको परियोजना हो।
थप पढ्नुहोस्: कामको विस्तृत विवरण
परियोजनाअन्तर्गत सोलुखुम्बु, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, नुवाकोट, मकवानपुर, काभ्रे, काठमाडौँ, गोरखा, दोलखा, धादिङ, भक्तपुर, रसुवा र सिन्धुपाल्चोक जस्ता विभिन्न स्रोत जिल्लाबाट आई काठमाडौँ, भक्तपुर र ललितपुरका गलैँचा कारखानामा काम गर्ने गुडविभका इजाजतपत्रवाला र आपूर्ति शृङ्खलाका बुनकरहरूलाई सहयोग गरिएको थियो। बुनकरको स्थिरता सुनिश्चित गर्न काठमाडौँमा काम गर्ने भूकम्प प्रभावित बुनकरलाई सामग्री र शैक्षिक सहयोग दिन त्रिआयामिक कार्यक्रम तयार गरिएको थियो।
१. आवास र जीविकोपार्जन सहयोग: स्रोत गाउँमा आधारित आवास सहयोगबाट गुडविभअन्तर्गतका कारखानाका ३९६ बुनकर परिवार लाभान्वित भए। गाउँमा आफ्ना घर पहिलेभन्दा राम्रो बनाउन जस्तापाता, किला, बाँस, काठका सामग्री र ज्याला वा परिवारलाई आवश्यक जुनसुकै कुरासहितका आवश्यक सामग्रीद्वारा बुनकरलाई सहयोग गर्ने उद्देश्यले गुडविभले २ बन्डल (१६ पाता) ग्याल्भनाइज्ड जस्तापाता वितरण गर्यो। लाभग्राहीले ती सामग्री घरको छाना हाल्न प्रयोग गरे। सहयोग साझेदारी मोडेलमा तयार गरिएको थियो। बुनकरहरूले नेपाल सरकार र अन्य केही गैरसरकारी संस्थाले दिएको सहयोगसँगै गुडविभले वितरण गरेका सामग्री आफ्नो आवासका लागि प्रयोग गरे।
२. शैक्षिक सहयोग: पहिचान गरिएका ४२५ बुनकर परिवारका विद्यालय जाने २११ बालबालिकाले रु. ७,५०० को प्रायोजित शैक्षिक सहयोग पाए। आफ्ना अभिभावक (लक्षित बुनकर) सँग कारखाना परिसरभित्र वा बाहिर बस्ने बालबालिका लाभग्राही समूह थिए। यस प्रायोजित शैक्षिक सहयोगले लक्षित परिवारलाई एक वर्षका लागि मसलन्द, पोसाक र खाजासहित विद्यालय शुल्क तिर्न मद्दत गर्यो। बालबालिकाले औपचारिक पढाइ जारी राखेकाले बालबालिकालाई दिइएको शैक्षिक सहयोग प्रभावकारी साबित भयो। लक्षित परिवारबाट विद्यालय भर्ना कार्ड, परीक्षाफल, मसलन्दका बिल जस्ता कागजात सङ्कलन गरिएको थियो
३. मनोसामाजिक परामर्श सहयोग: भूकम्प र त्यसपछिका पराकम्पनले सिर्जना गरेको डर र तनाव घटाउन प्रभावित बुनकरका लागि मनोसामाजिक परामर्श सञ्चालन गर्नु यस सहयोगको मुख्य उद्देश्य थियो। कमजोर समुदायका बालबालिका र परिवारको मनोसामाजिक कल्याण र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपालका अग्रणी मनोसामाजिक परामर्श संस्थामध्ये एक ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपाल (टीपीओ नेपाल) ले प्राविधिक सहजीकरण गरेको थियो। भूकम्प प्रभावित २५ बुनकरले परामर्श सहयोग पाए। आधा दिनको सत्र विपद् पूर्वतयारी, जीविकोपार्जन र विपद्को अवस्थामा स्वास्थ्य हेरचाहमा केन्द्रित थियो। भूकम्पले बढाएको तनाव र चिन्ता पोख्न सहभागीलाई मद्दत गर्ने हिसाबले सत्र लाभदायक भयो
कामसँग जोडिनुहोस्
