एनजीएफको हालको कार्यक्रम अभिलेखबाट। सञ्चालन विवरण र तथ्याङ्क हालको पुष्टिको प्रतीक्षामा छन्।
कामको विस्तृत विवरण

गुडविभ इजाजतअन्तर्गतका कारखानाको सङ्ख्या निरन्तर बढिरहे पनि ती कारखानामा बालश्रमिक भेटिने दर सुरुका चरण/वर्षहरूमा जस्तो छैन।
थप पढ्नुहोस्: कामको विस्तृत विवरण
तर, गलैँचा श्रमिकका धेरै साना बालबालिकालाई शैक्षिक अवसर नदिइए भविष्यमा उनीहरू बालश्रमिक बन्ने जोखिम रहन्छ भन्ने पनि तथ्य हो। प्रायः अभिभावकले न्यूनतम ज्यालासमेत नपाउने भएकाले उनीहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन सक्ने अवस्थामा हुँदैनन्। तर, पैसाको अभाव मात्र अभिभावकलाई बालबालिका विद्यालय पठाउनबाट रोक्ने एक मात्र कारण होइन। शिक्षाको महत्त्वबारे सचेतनाको कमी, बालबालिकालाई विद्यालय पठाउन अभिभावकको कम वा शून्य उत्प्रेरणा, विद्यालय जान बालबालिका स्वयंको उत्प्रेरणाको कमी, अनुत्पादक शिक्षा प्रणाली आदि पनि बालबालिका विद्यालय नजानुका मुख्य कारण हुन्।
कामसँग जोडिनुहोस्
